दफा ३३
उपभोक्ता समूहको कोष
(१) उपभोक्ता समूहको आफ्नो एउटा छुट्टै कोष हुनेछ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायको रकम जम्मा गरिनेछः-

(क) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट प्राप्त अनुदान रकम,

(ख) कुनै स्वदेशी व्यक्ति वा संस्थाबाट प्राप्त अनुदान बा सहायता रकम,

(ग) बन पैदावारको बिक्री वितरणबाट उपभोक्ता समूहलाई प्राप्त रकम,

(घ) उपभोक्ता समूहको सदस्यता शुल्क र उपभोक्ता समूहले गरेको

जरिबानाबाट प्राप्त रकम।
(३) उपभोक्ता समूहको तर्फबाट कार्ययोजना बमोजिम गरिने खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ।

(४) उपभोक्ता समूहले व्यवस्थापन गरेको वनमा रहेका वन्यजन्तुबाट त्यस्तो समूहका सदस्यको जनधनको क्षति भएमा उपदफा (१) बमोजिमको कोषबाट प्रभावित व्यक्तिलाई राहत उपलब्ध गराइनेछ।

(५) उपदफा (१) बमोजिमको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ।